सामाजिक सञ्जालको तस्बिर तानेर एआईबाट किशोरीहरूको ‘नग्न तस्बिर’ तयार
अल्मेन्ड्रालेहो । ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरेर स्थानीय किशोरीहरूको नग्न तस्बिर सामाजिक सञ्जालमा सेयर भइरहेको पाइएपछि स्पेनको दक्षिणी सहर यतिबेला स्तब्ध बनेको छ । धेरै जसो तस्बिर ती किशोरीहरूको सामाजिक सञ्जालबाट लिएको थियो जहाँ उनीहरूले पुरै कपडा लगाएका थिए ।
ती तस्बिरहरूलाई एउटा एपको प्रयोग नग्न तस्बिरमा परिणत गरिएको थियो । हालसम्म अल्मेन्ड्रालेहो सहर र त्यस नजिकका २० जनाभन्दा बढी किशोरीहरू आफूहरू पीडित बनेको भन्दै बाहिर आएका छन् । उनीहरूको उमेर ११ देखि १७ वर्ष रहेको छ ।
‘मेरी एक छोरी स्कुलबाट फर्केर आइन् र आफ्नो टपलेस तस्बिर सामाजिक सञ्जालमा सेयर भइरहेको कुरा सुनाइन्,’ १४ वर्षीया किशोरीकी आमा मारिया ब्लायङ्को रायोले भनिन्, ‘मैले उनलाई कतै तिमीले आफ्नो नग्न तस्बिर खिचेकी थियौ भनेर प्रश्न गरेँ । तर, उनले होइन यस्तै फेक तस्बिरहरू व्यापक रूपमा सेयर भइरहेको कुरा सुनाइन् । उनको कक्षाका अन्य किशोरीहरू पनि यसबाट पीडित बनेको उनको भनाई थियो ।’
रायोले यसरी प्रभावित बनेका सहरका २८ जना किशोरीका परिवारले एक समूह नै बनाएको जानकारी दिइन् । प्रहरीले पनि यस घटनामा अनुसन्धान सुरु गरिसकेको छ । हालसम्म यसमा ११ जना स्थानीय किशोरहरूको संलग्नता खुलेको छ । यस्ता तस्बिर तयार गर्न वा ह्वाट्स एप र टेलिग्राममार्फत सेयर गर्नमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाई छ ।
एक पीडित किशोरीसँग त पैसा समेत माग भएको बताइएको छ । यसबारे प्रहरीले छुट्टै अनुसन्धान गरिरहेको छ । अल्मेन्ड्रालेहो सहरमा करिब ३० हजार जना बसोबास गर्दछन् । यो सहर ओलिभ र रेड वाइनका लागि प्रख्यात रहेको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण