आफन्तलाई केएल राहुल भन्छन्, ‘मसँग विश्वकपको टिकट वा पासको आशा नगर्नु होला’
काठमाडौँ । क्रिकेट भनेपछि हुरुक्कै गर्ने राष्ट्र हो, भारत । आफ्नो टोलीको हौसला बढाउन हजारौँ क्रिकेट समर्थक विदेशी भूमिसम्म पुग्ने गरेका छन् । त्यसमाथि आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण त भारतमै आयोजना हुँदै छ ।
प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतका विभिन्न सहरको १० वटा रङ्गशालामा खेलाइँदै छ । विश्वकप सुरु हुन अब केही दिन बाँकी रहँदा टिकटको अभावमा आफ्नो टोलीको खेल हेर्न नपाइने हो कि भन्न त्रासमा छन्, अधिकांश भारतीय समर्थक ।
यस्तो स्थितिमा खेलाडीका परिवारका सदस्य र साथीभाईले खेलाडीहरूलाई समेत विश्वकपको टिकट वा पासका लागि गुहार्न थालेका छन् । त्यसबाट आजित भएका भारतीय टोलीका एक सदस्य केएल राहुलले विश्वकपको टिकटका लागि आफूलाई नगुहार्न अनुरोध गरेका छन् ।
‘मसँग विश्वकपको टिकट वा पासका लागि आशा नगर्नु होला,’ उनले भनेका छन् । भारतीय टोली हाल विश्वकपको तयारीका क्रममा अस्ट्रेलियासँग एकदिवसीय शृङ्खला खेल्न व्यस्त छ । उनले विश्वकपको टिकट वा पासका लागि आफूलाई टेलिफोन वा म्यासेज नगर्न पनि अनुरोध गरेका छन् ।
‘यदि कसैले विश्वकपको टिकटका लागि मलाई म्यासेज पठाउनु हुन्छ भने कृपया मसँग जवाफको आशा नराख्नु होला,’ उनले भनेका छन्, ‘म घमन्डी वा रुखो भएको होइन । म केवल आफ्नो सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण