पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल
काठमाडौँ । पारिजात स्मृति केन्द्रको ३०औँ वार्षिक साधारण सभाले केन्द्रको अध्यक्षमा मातृका पोेखरेललाई चयन गरेको छ । असोज ६ गते पारिजात स्मृति भवन म्हेपी नयाँ बजारमा आयोजित सो कार्यक्रममा अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले कार्य व्यस्तताको कारण देखाई दिएको राजीनामा स्वीकृत गरी कार्यसमिति सदस्य मातृका पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो ।
मार्क्सवादी सांस्कृतिक मोर्चाका संयोजक एवं प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमले कार्य व्यस्तताको कारण देखाई कोषाध्यक्ष देविका तिमिल्सिनाले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । उक्त सभाले कार्यसमिति बैठकबाट सदस्य डा. विन्दु शर्मालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको निर्णयलाई सर्वसम्मत अनुमोदन गर्यो । यस्तै उक्त साधारणसभाले केन्द्रमा रिक्त रहेको कार्यसमिति सदस्यमा कवि केशव सिलवाल र समालोचक अमृता शर्मालाई मनोनयन पनि गर्यो ।
केन्द्रका उपाध्यक्ष इन्दिरा दलीको सभापतित्वमा भएको सो सभामा महासचिव दिलसुन्दर श्रेष्ठले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा २०७९–०८० को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो ।
साधारणसभामा स्मृति केन्द्रका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमिति सदस्य डा. महेश मास्के, अध्यक्ष मातृका पोखरेल, वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, साहित्यकार डा. गीता त्रिपाठीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।
साधारण सभा स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले सञ्चालन गरेका थिए भने कार्यसमिति सदस्य सीता शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण