सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मधेस प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका–८, कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान गरी आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको आयोगको ठहर छ ।
उनीहरुले निर्माण कार्यमा भए गरेको परिमाणभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा बढी भुक्तानी दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुमाथि ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुल उपरको माग दाबी गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, भुक्तानीका लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी भुक्तानी लिएको भन्दै आयोगले उनीहरु तीन जनालाई पनि मुद्दामा विपक्षी बनाएको छ ।
काम गरेभन्दा बढी भुक्तानी लिएको रकम ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा नै बिगो कायम गरी उनीहरुलाई बिगो जफतसहितको सजाय मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण