सुरक्षित आवास गृहमै महिलाले गरिन् आत्महत्या
कालिकोट । कालिकोटमा एकजना महिलाले आत्महत्या गरेकी छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल नाम गरेको संस्थाको सुरक्षित आवास गृहमै महिलाले आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–१ की गीता जैशी रहेकी छन् । उनले श्रीमानको हिंसा र मानसिक तनाव खेप्न नसकेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जैशीले आइतबार बिहान नौ बजेदेखि आवास गृहको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले रातोपाटीलाई जानकारी दिए । श्रीमानबाट पीडित उनी सोसेक नेपालको संरक्षणमा रहेकी थिइन् । संरक्षक कर्मचारी खाना खान गएको बेला शौचालयको ढोकामा झुण्डिएर आत्महत्या गरेको उनले बताए ।
पाँच वर्षअघि दानबहादुर शाहीसँग विवाह गरेकी उनी पतिसँग झगडा परेपछि अलग्गै बस्दै आएकी थिइन् । २५ वर्षीय गीता यसअघि चार वर्षीया छोरासहित बेपत्ता समेत भएकी थिइन्। कालिबोटबाट बेपत्ता भएकी उनी दुई दिनपछि नेपालगञ्जमा भेटिएकी थिइन् । उनका श्रीमानले पाँच वर्षअघि कान्छी श्रीमतीको रुपमा उनलाई बिहे गरेका थिए । यसअघि पनि उनले छोरा जन्मिएपछि श्रीमानले कुटपिट गर्दै हिंसा गर्न थालेको कुरा बताउँदै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण