लुम्बिनी प्रदेशका मुख्यमन्त्रीकाे राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त
आइतबार, ०७ असोज २०८०, २० : ३०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन् ।
दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सुविधा दिनेगरी मुख्यमन्त्री चौधरीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुने गरी बस्नेतलाई सल्लाहकार पदमा नियुक्त गरिएको जनाइएको छ ।
बस्नेतले आज मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेकाे मुख्य मन्त्री कार्यालयले जनाएको छ।
उनी २०७४ सालमा प्रतिनिधिसभाका उम्मेदवार थिए । दुई पटक कांग्रेस जिल्ला सभापतिका उम्मेदवार समेत भएका बस्नेत हाल महाधिवेशन प्रतिनिधि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान