बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

सोमबार, ०८ असोज २०८०, ०७ : ५७
सोमबार, ०८ असोज २०८०

चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छियाङबीच द्विपक्षीय भेटवार्ता हुँदैछ । गत शनिवार चीन आइपुगेका प्रधानमन्त्री आइतबार राजधानी बेइजिङ पुगेका हुन् ।

आइतबार नेपाल र चीनका व्यापारीहरुको संयुक्त भेलालाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आज चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने जनाइएको छ । प्रधानमन्त्री प्र्रचण्डले चिनियाँ प्रधानमन्त्री छियाङसँगको छलफलका लागि २३ बुँदे छलफलका एजेण्डा तय गरेका छन् ।

यसअघि नेपालले गरेका सम्झौताको पुनरावलोक र नयाँ एजेण्डाका बारेमा छलफल हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार चिनियाँ जन कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड बेङजिङको भेटघाटपछि छोङछिङ नगरपालिकामा आधुनिक कृषि अध्ययन भ्रमणका लागि जानेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप