एसियाली खेलकुद : महिला क्रिकेटमा पाकिस्तानलाई हराउँदै बंगलादेश तेस्रो
काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा बंगलादेश तेस्रो भएको छ । तेस्रो स्थानका लागि सोमबार खेलिएको खेलमा बंगलादेशले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्यो । जितसँगै बंगलादेशले कांस्य पदक हात पार्यो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा नौ विकेट गुमाएर ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले १८.२ ओभरमा पाँच विकेट गुमाउँदै विजय लक्ष्य पुरा गरेको थियो ।
बंगलादेशको जितमा सोरन अक्तरले अविजित १४ रन बनाइन् । ओपनर समिमा सुल्तानाले र साथी रानीले १३—१३ रनको योगदान गरे । पाकिस्तानकी बलर नासरा सन्धुले तीन विकेट लिइन् । त्यसअघि पाकिस्तानका लागि आलिया रियाजले १७ रन बनाएकी थिइन् । कप्तान निदा दरले पनि १४ रन जोडिन् ।
सदाफ सामसले १३ र नतालिया परवेजले ११ रन बनाए । बंगलादेशकी बलर सोरना अख्तरले तीन विकेट लिइन् । सन्जिदा अक्तरले दुई विकेट हात पारिन् । एसियाली खेलकुदमा महिला क्रिकेटको उपाधिका लागि सोमबार नै भारत र श्रीलंकाबीच भिडन्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण