मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।
ओपिडीमा परीक्षण गर्न आएकामध्ये हाल ८५ जना बिरामीलाई आन्तरिक कक्षमा भर्ना गरी उपचार भइरहेको अस्पतालमा मेसु डा.रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार जिल्लाको दुर्गम क्षेत्रबाट पनि भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
जिल्लाको थाहा नगरपालिकाका साथै आठ गाउँपालिकाको विभिन्न वडा र टोलमा भाइरल ज्वरोबाट नागरिक प्रभावित भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय पालिकामा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत निजी अस्पतालमा समेत केहीदिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनले जिल्लाका सबै स्वास्थ्य कार्यालय तथा स्वास्थ्यमा आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्पर्कमा राखी छिटोछरितो उपचार सेवा पुर्याउन निर्देशन दिइएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण