माल्दिभ्सलाई हराउँदै नेपाल यू—१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौँ । आयोजक नेपाल यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाली टोली सोमबार खेलिएको समूहगत चरणको आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ४—१ गोलले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह ‘ए’ बाट पाकिस्तान चार अंकसहित पहिलो हुँदै सेमिफाइनलमा पुग्यो । नेपाल भने तीन अंकसहित दोस्रो हुँदै अगाडि बढेको हो । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपछि माल्दिभ्स भने उपाधि होडबाट बाहिरिएको छ ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग ०—१ गोलले पराजित भएको थियो । पाकिस्तान र माल्दिभ्सबीचको खेल भने १—१ गोलको बराबरीमा सकिएको थियो । त्यसैले समूहगत चरणको सोमबार खेलिएको अन्तिम खेलमा नेपाली टोली जित्नै पर्ने दबाबमा थियो ।
खेलको प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । घरेलु मैदानमा नेपालले दुई गोल पहिलो हाफमै गरेको थियो । खेलको दोस्रो हाफमा नेपालले दुई गोल थपेको थियो भने माल्दिभ्सले एक गोल फर्काएको थियो ।
नेपालका लागि प्रशान्त लक्सम र समिर तामाङले एक—एक गोल गरेका गरेका थिए । उनले खेल सुरु भएको १७औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । निर्धारित समयको ३०औँ मिनेटमा समिर तामाङले नेपालको अग्रता दोब्बर बनाएका थिए ।
खेलको पहिलो हाफमै दुबै टोली १०—१० खेलाडीमा समेटिएका थिए । निर्धारित समयको ३४औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद ईयान हसन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
निर्धारित समयको ५८औँ मिनेटमा माल्दिभ्सका लागि आदम लयान रसिदले जवाफी गोल गरेका थिए । त्यसपछि निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि निराजन धामीले नेपालका लागि तेस्रो गोल गरेका थिए । त्यसलगत्तै दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै नेपाललाई सजिलो जित दिलाएका थिए ।
समूह ‘बी’ बाट भने भारत र भुटान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ । तर, समूह विजेताको टुंगो लाग्न भने बाँकी छ । भारत र भुटानबीच सोमबार साँझ खेलिने समूहगत चरणको अन्तिम खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । लगातार दुई खेलमा पराजित भएको बंगलादेश भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण