हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित
झापा । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् । पुल बनपछि वर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यताबाट मुक्त हुन पाएकामा उनीहरू हर्षित भएका हुन् ।
वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा वडा कार्यालय पुग्न वडा नंं.१० को धुलाबारी हुँदै घुमेर जानुपर्ने बाध्यता थियो । पुल बनेपछि यहाँका बासिन्दा सो समस्याबाट मुक्त भएको वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल राजवंशीले बताए ।
उनका अनुसार दस मिनेट लाग्ने पाँच सय मिटरको दूरीमा रहेको विद्यालय र वडा कार्यालय पुग्न पत्रासिंहबासीले वर्षायाममा एक घण्टा हिँड्नु पथ्र्यो । सङ्घीय सरकारको रु. एक करोड ३० लाखको लागतमा १३० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले आज उक्त पुल उद्घाटन गरे । वि.संं २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा उपभोक्ता समिति बनाएर पुल निर्माण सुरु गरिएको थियो । समितिले निर्धारित मितिभन्दा दुई महिना अगावै पुल निर्माण गरेको वडाध्यक्ष राजंवशीको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण