आर्थिक मामिलामा नियमित छलफल गर्ने चीन र युरोपेली संघ सहमत
बेइजिङ । चीन र युरोपेली संघले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन् । सोमबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।
समष्टिगत आर्थिक विषयमा छलफल नियमित रुपमा छलफल तथा भ्रमण आदानप्रदान पुनः सुरु गर्न सङ्घ र चीन सहमत भएका सङ्घका व्यापार प्रमुख भाल्डिस डोम्ब्रोभस्किसले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बताए । आर्थिक र वित्तीय मामिलामा निरन्तर संवाद गर्ने र अवरुद्ध वार्तालाई पुनः थाल्न बेइजिङ सहमत भएको उनले जानकारी दिए ।
चिनियाँ उपप्रधानमन्त्री हे लिफेङका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आर्थिक विषयमा उत्पन्न सबै समस्या द्विपक्षीय वार्ता र संवादका माध्यमबाट समाधान गर्न दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुवै पक्षले निकट भविष्यमा आर्थिक मुद्दामा थप संवाद गर्न सहमति जनाएका छन् ।-(रासस/ एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहन्छ : इजरायल
-
प्रतिनिधि सभाकाे विशेष समयमा कसले के भने ?
-
कर्मचारीहरूलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयमै स्वास्थ्य सेवा इकाई सञ्चालन
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण