आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आर्थिक मामिलामा नियमित छलफल गर्ने चीन र युरोपेली संघ सहमत

सोमबार, ०८ असोज २०८०, २० : १७
सोमबार, ०८ असोज २०८०

बेइजिङ । चीन र युरोपेली संघले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन् । सोमबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।

समष्टिगत आर्थिक विषयमा छलफल नियमित रुपमा छलफल तथा भ्रमण आदानप्रदान पुनः सुरु गर्न सङ्घ र चीन सहमत भएका सङ्घका व्यापार प्रमुख भाल्डिस डोम्ब्रोभस्किसले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बताए । आर्थिक र वित्तीय मामिलामा निरन्तर संवाद गर्ने र अवरुद्ध वार्तालाई पुनः थाल्न बेइजिङ सहमत भएको उनले जानकारी दिए । 

चिनियाँ उपप्रधानमन्त्री हे लिफेङका साथ भएको  संयुक्त पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आर्थिक विषयमा उत्पन्न सबै समस्या द्विपक्षीय वार्ता र संवादका माध्यमबाट समाधान गर्न दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुवै पक्षले निकट भविष्यमा आर्थिक मुद्दामा थप संवाद गर्न सहमति जनाएका छन् ।-(रासस/ एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप