ताल्चा विमानस्थलमा अलपत्र १६ डाक्टर लिन मन्त्रीले पठाए जहाज

काठमाडौँ । कर्णालीमा मेरुदण्डसम्बन्धी कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा मुगुको ताल्चा विमानस्थलमा अलपत्र पारिएका डाक्टर लिन जहाज पठाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अलपत्र पारिएका १६ जना डाक्टर लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो । गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ’, उनले भने ।
मंगलबार बिहान ७.३० बजेका लागि तीन साताअघि १६ जना सर्जन डाक्टरले टिकट लिएका थिए । तर आज ताल्चा विमानस्थलबाट जहाज नेपालगन्ज फर्किने क्रममा उक्त जहाजमा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू नेपालगन्ज आएपछि डाक्टरहरू फर्किन पाएका थिएनन् । एक डाक्टरले भने, ‘काठमाडौँमा हामीलाई बिरामीले कुरेर बसिरहेका छन्, तीन साता अघि टिकट लिँदा पनि हामीले जहाज चढ्न पाएनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
-
इजलासमा रवीन्द्र मिश्रका वकिलले सम्झिए बाबुराम, शेरबहादुर र ५२ सालको त्याे घटना
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति