ताल्चा विमानस्थलमा अलपत्र १६ डाक्टर लिन मन्त्रीले पठाए जहाज
काठमाडौँ । कर्णालीमा मेरुदण्डसम्बन्धी कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा मुगुको ताल्चा विमानस्थलमा अलपत्र पारिएका डाक्टर लिन जहाज पठाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अलपत्र पारिएका १६ जना डाक्टर लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो । गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ’, उनले भने ।
मंगलबार बिहान ७.३० बजेका लागि तीन साताअघि १६ जना सर्जन डाक्टरले टिकट लिएका थिए । तर आज ताल्चा विमानस्थलबाट जहाज नेपालगन्ज फर्किने क्रममा उक्त जहाजमा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू नेपालगन्ज आएपछि डाक्टरहरू फर्किन पाएका थिएनन् । एक डाक्टरले भने, ‘काठमाडौँमा हामीलाई बिरामीले कुरेर बसिरहेका छन्, तीन साता अघि टिकट लिँदा पनि हामीले जहाज चढ्न पाएनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण