स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्याउनुपर्छ : मन्त्री भण्डारी
मङ्गलबार, ०९ असोज २०८०, १४ : ०५
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्याउनुपर्ने राज्यको दायित्व भएको बताएका छन् ।
मंगलबार खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वच्छ खानेपानी तथा सरसफाइ हाँसिल गर्ने यात्रामा चुनौती र अवसरहरु खोजी गर्दै प्रगति र समतामूलक विकासतर्फ डोर्याउन आवश्यक रहेको बताए ।
मन्त्री भण्डारीले नेपालमा वास क्षेत्रको भविष्यलाई आकार दिन आवश्यक रहेको बताए । उनले सरकारले बनाउने योजना जनसंख्याको आधारमा हुनुपर्ने बताए ।
मन्त्री भण्डारीले सहरी विकास र खानेपानीको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै दुवै क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण