एमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
काठमाडौँ । नेकपा(एमाले) बागमती प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन भएको पार्टी चित्रण गरेको छ ।
प्रथम अधिवेशनको बन्त्रसत्रमा राजनीति प्रतिवेदन पेस गर्दै अध्यक्ष केशवराज पाण्डेले रास्वपालई न मास न क्याडर्स पार्टी भएको उल्लेख गरेका हुन् ।
‘राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन भएको पार्टी (न मास पार्टी न क्याडर्स पार्टी) अर्थ राजनीतिक दृष्टिकोणमा अस्पष्ट हुँदाहुँदै उदारवादी पूँजीवादलाई आर्थिक नीतिको रूपमा स्वीकार गर्ने’, अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै राष्ट्रियता र परराष्ट्र नीतिमा अस्पष्टता, तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याँक्ने, स्थापित मूलधारको पार्टी र तिनीहरूको विरुद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरुद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने, असम्भव विषयमा राजनीतिक जनमत बनाउन र समस्याको उठानमा सफल तर समाधानको विकल्प दिन नसक्ने शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी देखापरेको चित्रण गरिएको छ ।
अध्यक्ष पाण्डेले पेस गरेको राजनीति तथा साँगठनिक प्रतिवेदनमाथि अहिले समूहगत रुपमा छलफल जारी छ ।
एमाले बागमतीको नजरमा अरु पार्टी कस्ता





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
-
राप्तीमा बेपत्ता एक जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण