प्रिक्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेनन् नेपाली तेक्वान्दो खेलाडी
काठमाडौँ । चीनमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन मंगलबार नेपाली तेक्वान्दो खेलाडीका लागि सुखद रहेन । कुनै पनि नेपाली खेलाडी प्रिक्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेनन् ।
अन्तिम ३२ खेलाडीबीचको भिडन्तमा सफलता हात पार्दै नेपाली खेलाडी गोविन्दबहादुर आले प्रिक्वार्टरफाइनल चरणमा पुगेका थिए । उनले पहिलो चरणको खेलमा टिमोर लिस्टेका खेलाडी सिल्भा कोस्टालाई हराएका थिए ।
तर, पुरुष ६३ केजीभन्दा मुनिको तौल समूहको भिडन्तमा उनी दोस्रो चरणमा थाइल्यान्डका खेलाडी टबतिमदाङ बनलुङसँग पराजित भए । महिला ५३ केजीभन्दा मुनिको तौल समूहको भिडन्तमा नेपाली खेलाडी आयषा लामा पनि पराजित भइन् । दक्षिण कोरियाकी खेलाडी हेजिन पार्कले नेपाली खेलाडी आयषालाई हराएकी हुन् ।
मंगलबार नै भएको अर्को खेलमा नेपालकी सन्ध्याकुमारी सिंह पनि पराजित भइन् । महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा लेबननकी लेतितिया एउनले सन्ध्यालाई हराइन् । उक्त हारसँगै सन्ध्या प्रिक्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण