युक्रेनको दाबी विपरीत रुसी कमाण्डर जीवितै
बुधबार, १० असोज २०८०, १० : २०
मस्को। युक्रेनले मारिएको भनिएका ब्ल्याक सी फ्लीटका कमान्डर जीवितै रहेको भिडियो रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । रुसका रक्षामन्त्रीसँग कमान्डर भिक्टर सोकोलोभको भिडियो कहाँ खिचिएको हो भन्ने चाहिँ खुलाइएको छैन ।
मन्त्रालयले शीर्ष सैन्य अधिकारीहरूको सो बैठक मंगलबार भएको जानकारी दिएको छ । युक्रेनको स्पेसल फोर्सले सोमबार क्रिमियाको सेभास्तोपोलमा रहेको फ्लीटको हेडक्वार्टरमा गरिएको क्षेप्यास्त्र हमलामा एडमिरल सोकोलोभसहित ३३ जना सैन्य अधिकारीहरूको मृत्यु भएको दाबी गरेको थियो ।
उनीहरूले एडमिरलको नाम लिएका थिएनन् भने उनी मारिएको कुनै प्रमाण पनि पेस गरेका थिएनन् । अहिले उनीहरूले रिपोर्टलाई अध्ययन गरिरहेको बताएको छ । यसलाई रुसले भिडियो सार्वजनिक गरेपछि युक्रेन आफ्नो दाबीबाट पछि हटेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण