संयुक्त राष्ट्रसंघद्वारा आणविक हतियार उन्मुलनका लागि आह्वान
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गरेका छन् ।
उनले आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताए । उनले आणविक हतियारको प्रयोग रोक्नको लागि एकमात्र विकल्प त्यसलाई हटाएको बताए । उनले मानवीय प्रकोपलाई आणविक हतियार हटाएर मुक्त गर्न सकिने समेत बताए ।
उनले अहिले चिन्ताको विषय हतियारको दौड भएको बताए । उनले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झनै बढ्दै गइरहेको बताए । उनले आणविक हतियार धेरै भएका मुलुकलाई निशस्त्रीकरणको दायित्व पूरा गर्न कुनैपनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिवद्धता गर्न आह्वान गरे । उनले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रह गरे ।
उनले आणविक हतियार नियन्त्रणका लागि मानिसहरु बढी जिम्मेवार हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण