इरानले प्रक्षेपण गर्यो उपग्रह, अमेरिकाले के भन्यो ?
इरानले बुधवार एउटा इमेजिङ स्याटलाइट (उपग्रह) सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।
इरानको यस्तो कदमले पश्चिमी देशसँगको तनाव झनै बढाउन सक्छ । पश्चिमी देशलाई यो कुराको आशङ्का छ कि इरान स्पेस टेक्नोलोजीको प्रयोग परमाणु हतियार बनाउन गर्न सक्छ ।
इरानको समाचार एजेन्सी इरानाको खबर अनुसार इरानका सञ्चार मन्त्री इसा जारेपोरले भने, ‘नूर–३ स्याटलाइटलाई धर्तीको सतहभन्दा माथि ४५० किलोमिटरको दुरीमा अन्तरिक्षमा राखिएको छ ।’
यद्यपि, इरानले यो उपग्रह कहिले प्रक्षेपण गर्यो भन्नेबारे कुनै जानकारी छैन । इमेजिङ स्याटलाइट नूर–३ धर्तीको सतहभन्दा माथि ४५० किलोमिटरको दुरीमा चक्कर लगाउनेछ ।
अमेरिकी सेनाले यस्तो खालको लामो दुरीको ब्यालेस्टिक प्रविधिले इरानलाई परमाणु हतियारजस्ता लामो दुरीको मारक क्षमता भएको हतियार बनाउन मद्दत गर्न सक्ने बताएको छ ।
इरान मध्यपूर्वी देशमा इरानको मिसाइल कार्यक्रम सबैभन्दा ठुलो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण