सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले प्रक्षेपण गर्‍यो उपग्रह, अमेरिकाले के भन्यो ?

बुधबार, १० असोज २०८०, १६ : ३९
बुधबार, १० असोज २०८०

इरानले बुधवार एउटा इमेजिङ स्याटलाइट (उपग्रह) सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।

इरानको यस्तो कदमले पश्चिमी देशसँगको तनाव झनै बढाउन सक्छ । पश्चिमी देशलाई यो कुराको आशङ्का छ कि इरान स्पेस टेक्नोलोजीको प्रयोग परमाणु हतियार बनाउन गर्न सक्छ । 

इरानको समाचार एजेन्सी इरानाको खबर अनुसार इरानका सञ्चार मन्त्री इसा जारेपोरले भने, ‘नूर–३ स्याटलाइटलाई धर्तीको सतहभन्दा माथि ४५० किलोमिटरको दुरीमा अन्तरिक्षमा राखिएको छ ।’

यद्यपि, इरानले यो  उपग्रह कहिले प्रक्षेपण गर्‍यो भन्नेबारे कुनै जानकारी छैन । इमेजिङ स्याटलाइट नूर–३ धर्तीको सतहभन्दा माथि ४५० किलोमिटरको दुरीमा चक्कर लगाउनेछ ।

अमेरिकी सेनाले यस्तो खालको लामो दुरीको ब्यालेस्टिक प्रविधिले इरानलाई परमाणु हतियारजस्ता लामो दुरीको मारक क्षमता भएको हतियार बनाउन मद्दत गर्न सक्ने बताएको छ । 

इरान मध्यपूर्वी देशमा इरानको मिसाइल कार्यक्रम सबैभन्दा ठुलो छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप