केशव पाण्डेको उम्मेदवारी दर्तामा अवरोध, वारेसनामा मार्फत दर्ता
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दर्ताका लागि आकांक्षी केशव पाण्डेलाई अवरोध भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष गुरु बरालसहितबाट उनलाई उम्मेदवारी दर्ता गर्न अवरोध गरेको हो ।
उनको मनोनयन दर्तामा बरालसहित आनन्द पोखरेल, डोरमणि पौडेललगायतले रोकेपछि केहीबेर तनावको अवस्था समेत भएको मनोनयन दर्ता स्थलमा रहेका एक नेताले जानकारी दिए ।
उनका अनुसार होहल्ला भएपछि अन्तिम समयमा पाण्डेको पनि वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको छ । पाण्डेको उम्मेदवारी गणेश श्रेष्ठको वारेशनामामार्फत दर्ता भएको हो ।
केपी ओली निकट मानिने पाण्डेलाई सो समूहबाट अर्को उम्मेदवार रहेको भन्दै उम्मेदवारी दिनबाट रोकेको बताइएको छ । यद्यपि होहल्लापछि अन्तिम समयमा उनको पनि उम्मेदवारी दर्ता भएसँगै कुल उम्मेदवारी ५ जनाको परेको निर्वाचन समितिले जनाएको छ । जसअनुसार पाण्डेसहित कृष्ण प्रसाद दहाल, केशर ब. बुढाथोकी, कैलाश प्रसाद ढुंगेल र सानु कुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण