‘मोहम्मद डे’को अवसरमा बाँकेको नरैनापुर र खजुरा गाउँपालिकामा सार्वजनिक बिदा
नरैनापुर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्म जयन्ती (मोहम्मद डे)को अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
इस्लामिक महिना रविउलऔवलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।
समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले सङ्घर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।
यस्तै खजुरा गाउँपालिकाले पनि मोहम्मद डे को अवसरका पालिका भित्र सार्वजनिक बिदा दिएको पालिका अध्यक्ष डम्मर विक तुफानले जानकारी दिए ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले बिहीबार मुस्लिम समुदायलाई मात्र बिदा दिएको भन्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण