शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने

धार्मिक तथा सामाजिक सदभाव कायम राख्न आह्वान
बिहीबार, ११ असोज २०८०, २३ : ३५
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । सत्तारूढ दल माओवादी केन्द्रले संसदमा दर्ता भएको शिक्षासम्बन्धी विधेयक सबै पक्षसँग परामर्श गरी परिमार्जन गर्ने निष्कर्ष निकालेको छ । बिहीबार काठमाठौं उपत्यकामा उपलब्ध भएका पदाधिकारीहरूको अनौपचारिक बैठकले उक्त निष्कर्ष निकालेको हो ।

यस्तै पछिल्लो समय देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएको हातपात, धार्मिक तथा सांस्कृतिक दंगाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

‘आज बसेको अनौपचारिक बैठकले सरकारले संसदमा दर्ता गरेको विद्यायल शिक्षासम्बन्धी विधेयकमा गम्भीर छलफल भयो । सबै पक्षसँग परामर्श गरी विधेयक संशोधन गर्ने निष्कर्ष निकालेको छ’, उनले भने, ‘यस्तो देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएका हातपात, धार्मिक सदभाव खलबलिने, सामाजिक सदभाव खलबलिने विषयमा पार्टीको ध्यानाकर्षण भएको छ । त्यसलाई बेलैमा समाधान गर्ने तर्फ नगए ठूलो समस्या हुनसक्छ भनेर छलफल भयो ।’

धार्मिक तथा सामाजिक सदभाव कायम राख्न पार्टीले सबै पक्षसँग सम्वाद गर्न पहल कदमी लिने निर्णय गरेको छ ।  यस्तै पार्टीले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियानको  विषयमा समीक्षा भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप