पहिलो डेटमा युवतीले कफीको पैसा तिर्न नमान्दा युवकले गुहारे प्रहरी
पहिलो डेटमा एक युवतीले कफीको पैसा तिर्न नमान्दा युवकले प्रहरी गुहारेका छन्, त्यसपछि रसियाली प्रहरी एक युवतीको खोजीमा छन् । एक युवकले दिएको उजुरीअनुसार पहिलो डेटमा खाएको कफीको बिल समान रूपमा तिर्न भनेपछि युवती फरार भएकी छिन् जसका कारण युवक एक्लैले कफीले बिल तिर्नुपर्यो ।
पहिलो डेटमा बिल कसले तिर्ने भन्ने विषयमा ठुलो विवाद हुनसक्छ । कतिले पुरुषले नै सबै बिल तिर्नुपर्छ भन्ने धारणा राख्न सक्छन् भने कसैले आफूले खाएको आफैँले तिर्दा राम्रो हुन्छ भन्न पनि सक्छन् । कसैले बिल बराबरी तिर्नुपर्छ पनि भन्लान् । सबैले यसका लागि आ–आफ्नै विभिन्न तर्क दिन सक्छन् ।
यसै सन्दर्भमा हालै मस्कोका २८ वर्षका एक युवकले पहिलो डेटमा बिल तिर्न अस्वीकार गर्ने युवतीविरुद्ध उजुरी दिएका छन् । युवतीले बिल नतिरेपछि उनी एक्लैले १६५ डलर (२२ हजार रुपैयाँ) तिर्नुपरेको उनले बताएका छन् ।
अडिटी सेन्ट्रलका अनुसार नाम नखुलाइएका ती व्यक्तिका अनुसार उनले एक युवतीलाई केही हप्ताअघि अनलाइनमा भेटेका थिए । सोसल मिडियामा एक–अर्कालाई चिनेपछि उनीहरुले भेट्ने निर्णय गरे । मस्कोको मिरा एभिन्यूमा भेट्ने निश्चित भयो । वेटरले बिल नल्याउन्जेल सबै कुरा निकै राम्रोसँग अघि बढिरहेको थियो । जब युवकले बिल बराबरी रूपमा तिर्नुपर्ने बताए तर यो कुरा युवतीले मानिनन् । धेरैजसो अर्डर युवकले नै गरेकोले उनैले बिल तिर्नुपर्ने युवतीले बताइन् ।
केही समयको वादविवादपछि ती युवती जुरुक्क उठिन् र क्याफेबाट बाहिरिइन्, त्यसैले स्थितिलाई नियन्त्रण ती युवकले नै गर्नुपर्यो । युवती जसरी सजिलै क्याफेबाट बाहिरिइन् ती युवकले भने उनलाई सहजै छोडेनन् । चुप लागेर बस्नुको साटो ती युवक सिधै प्रहरी स्टेसन गए र आफ्नो डेटविरुद्ध उजुरी दिए ।
यो रोमान्टिक कथाको अन्त्य कस्तो होला ? जे होस्, ती युवकले ती युवतीबाट रकम पाउनेछन् भनेर विश्वास गर्न गाह्रो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण