जनमतले भन्यो–कुनै पनि दलसँग एकता वा गठबन्धन गर्दैनौँ

काठमाडौँ । जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने प्रष्ट पारेको छ ।
बिहीबार पत्रकारसँगको छलफलमा जनमतका प्रवक्ता डा. शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने तर पार्टी एकता र गठबन्धन नगर्ने प्रष्ट पारेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध रहेको भन्दै उनले पार्टी एकता र गठबन्धन भने नगर्ने बताए ।
यस्तै प्रवक्ता यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सप्तरीमा चुनाव लडेपछि मनमुटाब भएको तर अहिले त्यस्तो नरहेको पनि बताए ।
मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारमा जनमत पनि सहभागी रहेको भन्दै उनले राजनीतिक सम्बन्ध पनि राम्रो रहेको बताए ।
प्रवक्ता यादवले नागरिक उन्मुक्ति र लोसपासँग उपराष्ट्रपतिका लागि मोर्चाबन्दी भएको तर उनीहरुले धोका दिएपछि मोर्चा अगाडि नबढेको बताए ।
उनले भने,'जनमत पार्टी मिसन २०८४ मा लागेको छ । आउने चुनावमा कम्तीमा दुई वटा प्रदेशमा बहुमत ल्याउँछौँ , सरकार पनि बनाउँछौँ । संघमा पनि बलियो उपस्थिति देखाउने गरी तयारी भइरहेको छ ।'
प्रवक्ता यादवले बाध्यतावश संघीय सरकारमा गएको बताए । जुन मन्त्रालय लिएपनि काम गरेर देखाउने भन्दै उनले काम गर्न सकेन भने पार्टीले त्यसको बारेमा पुनः छलफल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरूको गोजीबाट पद बाँड्ने निरीह सङ्गठन बनाउनु हुँदैन: श्रेष्ठ
-
आईपीएलको बारेमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै, बिहीबारदेखि सुरु हुनसक्ने
-
वेस्ट बैंकमा वरिष्ठ इस्लामिक जिहाद लडाकु मारिएको इजरायलको दाबी
-
आर्थिक वर्ष २०२५ को खुद नाफामा ३४.९ प्रतिशत गिरावट आउने टोयोटाको अनुमान
-
ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुरु
-
फिल्मसिटीमा लगानी अन्योल : काभ्रेले उत्साहित बनाउँदा, ‘दोलखा’ले निराश