भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने चरणमा छौँ: गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित प्रथम नेपाल भारत अन्तर्राष्ट्रिय स्तरीय जनस्वास्थ्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपलाई मुख्य प्रवाहमा ल्याएर ती क्षेत्रहरूलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले जनस्वास्थ्य पशु चिकित्सकहरूको भूमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुने पनि बताए । उनले नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा रहेको पनि बताए । उनले नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।
गृहमन्त्री श्रेष्ठले सरकारले जुनोटिक र अन्य सङ्क्रामक रोगहरूको नियन्त्रण गर्न र जनस्वास्थ्यको सुरक्षाका गर्न पशु चिकित्सा जनस्वास्थ्य संस्थाहरू महत्त्वपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण