एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा
शुक्रबार, १२ असोज २०८०, १३ : २३
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।
सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सहअध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो ।
हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौयानेको दाबी छ । तर सहजरुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका छन् ।
हमालले भने निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकावमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवतरुपमा प्रस्ताव पेस गर्न आग्रह गरेका छन् । उनले आफूले तीनवर्षे कार्यकालका लागि शपथ लिएकाले विधान र स्थापित मूल्य मान्यताबमोजिम काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण