सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेनः मन्त्री रिजाल
शुक्रबार, १२ असोज २०८०, १६ : ५८
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्रि तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखापरेका समस्या समाधान गर्न नसकेको स्वीकार गरेका हुन् । उनले समस्या उद्योगी, व्यवसायीको नभइ मन्त्रालय, सरकार र संसदभित्र रहेको बताए । उनले देशको समृद्धिका लागि हिमालको पानी र तपाईको ढुंगा बेच्नु स्वभाविक भएको बताउनु भयो । उहाँले देशमा काम गर्नका लागि हरेक ठाउँबाट हस्तक्षेप हुने गरेको बताए ।
मन्त्री रिजालले क्रसर उद्योगमा देखिएको समस्याहरुलाई समाधान गर्नेगरी आफू अगाडी बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण