सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेनः मन्त्री रिजाल
शुक्रबार, १२ असोज २०८०, १६ : ५८

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्रि तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखापरेका समस्या समाधान गर्न नसकेको स्वीकार गरेका हुन् । उनले समस्या उद्योगी, व्यवसायीको नभइ मन्त्रालय, सरकार र संसदभित्र रहेको बताए । उनले देशको समृद्धिका लागि हिमालको पानी र तपाईको ढुंगा बेच्नु स्वभाविक भएको बताउनु भयो । उहाँले देशमा काम गर्नका लागि हरेक ठाउँबाट हस्तक्षेप हुने गरेको बताए ।
मन्त्री रिजालले क्रसर उद्योगमा देखिएको समस्याहरुलाई समाधान गर्नेगरी आफू अगाडी बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ आयोजना हुने
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह