कोशी प्रदेश एमालेको खातामा कति बचत ?

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले आर्थिक वर्ष ०७८/०७९ मा नाफामा गए पनि आर्थिक वर्ष २०७९/०८० मा भने ११ लाख घाटामा गएको छ । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा प्रस्तुत २०८० भदौ २३ गते सम्पन्न लेखापरीक्षण प्रतिवेदनमा गत आर्थिक वर्षमा ११ लाख १६ हजार ६७४ रुपैयाँ घाटामा रहेको उल्लेख छ ।
यद्यपि एमालेको बैंक खातामा अहिले २१ लाख २१ हजार ७९६ रुपैयाँ मौज्दात रहेको छ । आर्थिक वर्ष ०७८/०७९ मा एमालेको आम्दानी ७२ लाख १५ हजार ३११ रुपैयाँ गरेको थियो भने खर्च ३७ लाख २९ हजार ९६२ रुपैयाँ गरेर ३४ लाख ८५ हजार बचत गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा भने एमालेको आम्दानी जम्मा ३५ लाख ५० हजार ४५८ रुपैयाँ भयो र खर्च ४६ लाख ६७ हजार १३२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । सो आर्थिक वर्षमा आम निर्वाचन भएको थियो ।
लेखापरीक्षण प्रतिवेदनमा एमालेले खर्च बैंकबाटै गरिए पनि कमिटीबाट निर्णय गरेर, कमिटी प्रमुखले भुक्तानी आदेश गरेर वा बैठकबाट खर्च अनुमोदन भने नगरिएको पाइएको उल्लेख छ । एमालेको प्रदेशमा ९५ लाख ४३९ सदस्य रहेको जनाएको छ । एमालेले सदस्यता शुल्कबाट भने जम्मा ८ लाख ३४ हजार ४५८ रुपैयाँ आम्दानी गरेको छ । यस्तै जनप्रतिनिधिबाट लेवीवापत २४ लाख २ हजार, अन्य लेवीबाट ३ लाख १४ हजार आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा चालू आर्थिक वर्षमा एमालेले खर्चतर्फ पारिश्रमिक ६ लाख ५० हजार, स्वदेश तथा स्थानीय भ्रमणमा ६ लाख ३३ हजार, बैठक खर्चमा १ लाख ४१ हजार, अतिथि सत्कारमा १ लाख ९२ हजार, भेला तथा प्रशिक्षणमा ५ लाख २५ हजार खर्च गरेको छ ।
प्रतिवेदनमा भ्रमणको नाममा हवाई भाडामा ठुलो रकम खर्च भएको देखिएकोले को कसलाई के प्रयोजनका लागि हवाई सुविधा उपलब्ध गराउने हो सो सम्बन्धी नीतिगत निर्णय गरेको नदेखिएको उल्लेख छ । यस्तै कमिटीको निर्णय बमोजिम उठ्नुपर्ने कमिटी लेबी, सांसद लेवी, राजनीतिक नियुक्ति लेबी, पार्टी सदस्य लेबी उठ्न बाँकी देखिएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण
-
हुलाकी सडकले सुगम बन्यो नरैनापुर
-
राजनराज र मेलिनाको स्वर रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक
-
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप