बागमती प्रदेशसभा बैठक २ घण्टा ढिलो गरी सुरु
काठमाडौँ । बागमती प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको छ । आइतबार बिहान ११:३० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १:३० बजे मात्र सुरु भएको हो ।
सत्तारुढ दल र प्रतिपक्ष दलहरूको संसदीय समितिको बैठकका कारण प्रदेशसभा बैठक प्रभावित भएको हो ।
आइतबार संसद्मा २ वटा बैठकहरू सञ्चालन हुने प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभाको पहिलो बैठकमा शून्य समय रहने छ भने सोही बैठकमा २ जना मन्त्रीहरूले आफ्नो धारणा राख्ने छन् । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले धारणा राख्ने छन् ।
प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश कामकाजको भाषा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने र सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रदेशसभा बैठक अघि बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय समितिको बैठकले सदनमा प्रस्तुतिका विषयमा छलफल गरेको थियो । उक्त दलले संसद्मा मूल्यवृद्धि, सरकारका काम कारबाही, संसदीय समितिको भूमिका र समसामयिक विषयमा बोल्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण