अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : पोखराका ज्येष्ठ नागरिकलाई ‘महानगर माता/पिता’ सम्मान
कास्की । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा महानगरपालिकाले आज महानगरका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर माता’ र ‘महानगर पिता’को उपाधिबाट सम्मान गरेको छ ।
महानगरले वडा नं ७ की एक सय पाँच वर्षीय इन्द्रकला गौतमलाई महानगर माता र वडा नं २६ का एक सय तीन वर्षीय प्रजापति पोखरेललाई महानगर पिताबाट सम्मान गरेको हो । गौतमलाई उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले सम्मान गरेका हुन्। त्यसैगरी पोखरेललाई सोही वडाका वडाध्यक्ष नरेन्द्र थापाले सम्मान प्रदान गरे । दुवै जनालाई महानगरले जनही रु १५ हजार नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
गौतम र पोखरेल यस वर्ष महानगरको सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिक हुन् । महानगरपालिकाले प्रत्येक वर्ष ज्येष्ठ नगरवासीमध्ये दुई जनालाई महानगर माता पिता घोषणासहित सम्मान गर्दै आएको छ ।
कार्यक्रममा उपप्रमुख गुरुङले महानगरका ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको बताउँदै भने, “ज्येष्ठ नागरिक हाम्रा भगवान् हुन् । त्यसैले उहाँहरूको सम्मान गर्नुपर्छ ।” ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान गनुपर्छ भन्ने उद्देश्यले महानगरले माता पिता सम्मान कार्यक्रम ल्याएको उपप्रमुखले बताए । उनले पाका उमेरका नागरिकका ज्ञान, सीप र क्षमतालाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए ।
यसैगरी महानगर पिताको सम्मान प्रदान गर्दै पोखरा—२६ का वडाध्यक्ष थापाले ज्येष्ठ नागरिकका ज्ञान र सीपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले भने, “स्वस्थ जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको छ ।”
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले वार्षिकरूपमा नगरपिता र नगरमाताका रूपमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताइन् । यसपटक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताइन् ।
कार्यक्रममा सम्मानित पोखरेलले महानगरपालिकाबाट प्राप्त नगद रु १५ हजारमा रु पाँच हजार एक सय चार थप गरी वडाको सक्नेरीमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गर्नुभएको थियो । महानगरपिताका रूपमा सम्मानित पोखरेलका चार छोरा र तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण