मणिपुरमा दुई विद्यार्थीको हत्यामा संलग्न मुख्य अभियुक्तसहित चार पक्राउ
मणिपुर । सीबीआईले आइतबार मणिपुरमा ताजा हिंसा भड्काउने र दुई मेइती विद्यार्थीको कथित हत्या प्रकरणमा कुल छ जनालाई पक्राउ गरेको छ। यसमध्ये दुई नाबालिगलाई हिरासतमा राखिएको छ ।
पक्राउ पर्नेमा दुई युवती, दुई महिला र दुई पुरुष रहेका छन् । अनुसन्धान एजेन्सीले चार जना अभियुक्तलाई असमको गुवाहाटी सहर लगेको छ।
वास्तवमा प्रहरी र सेनाले संयुक्त अपरेशन गरी राजधानी इम्फालबाट करिब ६० किलोमिटर टाढा रहेको पहाडी जिल्ला चुराचन्दपुरबाट यी अभियुक्तहरूलाई पक्राउ गरी सीबीआईलाई बुझाएका थिए । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले गिरफ्तारीको पुष्टि गरेका छन् ।
१७ वर्षीय हिजाम र २० वर्षीय हेमनजीत जुलाई ६ देखि बेपत्ता थिए । सेप्टेम्बर २३ मा राज्यमा मोबाइल इन्टरनेट सेवामाथिको प्रतिबन्ध फुकुवा भएपछि यी दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।
मेइती समुदायका यी दुई विद्यार्थीको मृत्युको खबर आएपछि उपत्यकामा जनताले विरोध प्रदर्शन गरिरहेका छन् । हाल सीबीआईले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण