शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१० लाख भारतीय रुपैयाँसहित रुपन्देहीबाट तीन जना पक्राउ

सोमबार, १५ असोज २०८०, १० : ५२
सोमबार, १५ असोज २०८०

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डन्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ३ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्नेमा भारतको सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर घर भएका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी छन् । 

सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानबाट १० लाख नगद बरामद गरेको छ । आरोपीतहरुले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप