१० लाख भारतीय रुपैयाँसहित रुपन्देहीबाट तीन जना पक्राउ
सोमबार, १५ असोज २०८०, १० : ५२
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डन्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ३ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्नेमा भारतको सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर घर भएका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी छन् ।
सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानबाट १० लाख नगद बरामद गरेको छ । आरोपीतहरुले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण