काठमाडौँबाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-३ बाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ परेका छन् ।
थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौँ फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३० वर्षीय रोशन राई समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रुपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको थियो ।
यता झापाको बिर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा अग्रवाल समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण