बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ज्याठाबाट हुण्डीको १० लाख नगद बरामद

सोमबार, १५ असोज २०८०, १३ : १९
सोमबार, १५ असोज २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ ठमेल स्थित ज्याठाबाट प्रहरीले अवैध हुण्डीको १० लाख रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् । ब.९१ प ९९५८ नम्बरको स्कुटरमा ज्याठाबाट सञ्चयकोषतर्फ जाँदै गरेका उनले स्कुटरको डिकीमा लुकाएको अवस्थामा प्रहरीले नगद बरामद गरेको हो । उनीमाथि कारबाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप