ज्याठाबाट हुण्डीको १० लाख नगद बरामद
सोमबार, १५ असोज २०८०, १३ : १९
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ ठमेल स्थित ज्याठाबाट प्रहरीले अवैध हुण्डीको १० लाख रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् । ब.९१ प ९९५८ नम्बरको स्कुटरमा ज्याठाबाट सञ्चयकोषतर्फ जाँदै गरेका उनले स्कुटरको डिकीमा लुकाएको अवस्थामा प्रहरीले नगद बरामद गरेको हो । उनीमाथि कारबाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण