शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल, कैलालीबाट ३५ सय बढीले दिए उजुरी

धनगढी । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कैलालीस्थित अत्तरिया सेवा केन्द्र सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार सो सहकारीको सेवा केन्द्र सिल गरेको हो ।
शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।
सहकारी समस्याग्रस्त घोषणापछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालयलाई सिल गर्न पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार सोमबारसम्म सो सहकारी विरुद्ध ३ हजार ५ सयले उजुरी दिएका छन् । जुन सङ्ख्या बढोत्तरी रहेको जनाइएको छ ।
कैलालीमा सहकारीको ३ वटा सेवा केन्द्र रहेको थियो । धनगढी, अत्तरिया र लम्कीमा सेवा केन्द्र रहेको हो । सरकारले सो सहकारी समस्याग्रस्त घोषणा गरेपछि सबै सेवा केन्द्र सिल गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले पनि जिल्लास्थित सो सहकारीका सबै सेवा केन्द्र सिल गर्न निर्देशन दिइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ