शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल, कैलालीबाट ३५ सय बढीले दिए उजुरी
धनगढी । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कैलालीस्थित अत्तरिया सेवा केन्द्र सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार सो सहकारीको सेवा केन्द्र सिल गरेको हो ।
शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।
सहकारी समस्याग्रस्त घोषणापछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालयलाई सिल गर्न पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार सोमबारसम्म सो सहकारी विरुद्ध ३ हजार ५ सयले उजुरी दिएका छन् । जुन सङ्ख्या बढोत्तरी रहेको जनाइएको छ ।
कैलालीमा सहकारीको ३ वटा सेवा केन्द्र रहेको थियो । धनगढी, अत्तरिया र लम्कीमा सेवा केन्द्र रहेको हो । सरकारले सो सहकारी समस्याग्रस्त घोषणा गरेपछि सबै सेवा केन्द्र सिल गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले पनि जिल्लास्थित सो सहकारीका सबै सेवा केन्द्र सिल गर्न निर्देशन दिइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण