निर्माता रामप्रसाद रिजाल अस्पताल भर्ना
काठमाडौँ । फिल्म निर्माता रामप्रसाद रिजाललाई भारतको दिल्लीस्थित एपोलो हस्पिटलमा भर्ना गरिएको छ । उनलाई केही समयअघि हृदयाघात भएको थियो । अहिले उनको मुटुमा गम्भीर समस्या देखिन थालेको बताइएको छ । डाक्टरले उनको मुटुका तीन वटा भल्व ब्लक भएको बताएका छन् ।
‘अहिले धेरै नै असहज भएकाले दाइ दिल्ली जानुभएको हो,’ निर्माता रामप्रसादका भाइ निर्देशक लक्ष्मण रिजालले भने, ‘केही समयअघि नै उपचार गर्नुपर्ने हो । तर ‘गणपति’ रिलिजको व्यस्तताले ढिलाइ भयो।’
आर्थिक नोक्सानी बेहोर्नु परे तापनि निरन्तर रूपमा फिल्म निर्माणमा सक्रिय रामप्रसादले हालसम्म ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’, ‘कायरा’, ‘डिसेम्बर फल्स’ र ‘गणपति’लगायतका फिल्म निर्माण गरेका छन् । फिल्मलाई व्यवसाय भन्दा पनि कला,संस्कृतिको सशक्त माध्यमको रूपमा लिएको बताउने उनी अहिले काजी’ नामक फिल्म निर्माणको तयारीमा थिए ।
लक्ष्मण रिजालको निर्देशन रहने फिल्ममा विपिन कार्की र वर्षा सिवाकोटी मुख्य भुमिकाको लागि छानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण