‘ज्येष्ठ महिलामाथि हुने हिंसाको अन्त्य गर्न सम्पत्तिमा स्वामित्व अभिवृद्धि आवश्यक छ’
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकमाथि हुने अवहेलना, हिंसा र दुर्व्यवहारलाई अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘ज्येष्ठ नागरिकमाथि हुने अवहेलना, दुर्व्यवहार र हिंसाविरुद्ध ज्येष्ठ महिला सुरक्षाको सवालमा अन्तरक्रिया’ कार्यक्रममा उनले ज्येष्ठ नागरिकले आफ्ना परिवार¸ समुदाय र समाजबाट मात्र नभएर राष्ट्रबाट समेत अपेक्षा गर्ने भन्दै नेपालमा ज्येष्ठ नागरिकको सुरक्षा र सम्मानलाई बढाउँदै लैजाने प्रतिबद्धता गरे ।
“औसत आयु वृद्धि हुँदा जीवनभर राम्रो स्वास्थ्य, दिगो र आशालाग्दो जीवनयापन, लामो समयसम्म सामाजिक संलग्नता तथा उत्पादकत्व हुनुको सट्टा रोग बिमार, असक्षमता, परनिर्भरता आदि कारणले समग्र ज्येष्ठ नागरिक र अझ बढी ज्येष्ठ महिलाहरु हिंसाको सिकार हुनु पो पर्ने हो कि भन्ने जोखिम सिर्जना भएको छ”, उनले भने, “ज्येष्ठ नागरिकका सवाल सम्बोधन गर्न यथाशीघ्र ज्येष्ठ नागरिक मैत्री भौतिक संरचनाहरु निर्माण हुनुपर्छ, सामाजिक विकासतर्फ उपलब्ध साधन स्रोतलाई ज्येष्ठ नागरिकका सवालमा मूल प्रवाहीकरण गर्नु पर्दछ ।”
मन्त्री आचार्यले ज्येष्ठ महिलालाई सुरक्षित राख्न सम्पत्तिमा महिलाको स्वामित्व अभिवृद्धि, सचेतनामा वृद्धि र मौजुदा व्यवस्थामा सुधार गर्न आवश्यक रहेको समेत बताए । उनले कानुनी व्यवस्थाहरु सङ्घीयताअनुरुप परिमार्जन र सुधार गर्नुपर्नेमा जोड दिए ।
“अब बन्ने १६औँ योजनामा क्षेत्रगत उद्देश्यहरु नीति, रणनीति र कार्यनीतिहरुलाई ज्येष्ठ नागरिक मैत्री बनाउनु पर्ने देखिन्छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण