कोशी प्रदेश एमाले अधिवेशन : खतिवडाको प्यानलकै अग्रता
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पदका उम्मेदवार घनश्याम खतिवडाको प्यानल अगाडि देखिएको छ ।
निर्वाचन कमिटीका अनुसार हालसम्म २८२ मत गणना भएको छ । जसमा अध्यक्षका प्रत्याशी खतिवडाले १४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी विनोद ढकालले १३१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा टिकारा चेमजोङ निर्विरोध निर्वाचित भइसकेका छन् ।
यस्तै सचिवमा राजकुमार भण्डारीले १६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शैलेस लामाले १११ मत पाएका छन् । उपसचिवमा जलवर्षा राजवंशीले १८२ मत प्राप्त गरेकी छिन् भने देवान राईले १७५ तथा खेम नेपालीले ११८ मत पाएका छन् ।
सचिवका उम्मेदवार शैलेस लामा र उपसचिव नेपाली ढकाल पक्षका हुन भने सचिव भण्डारी र उपसचिव दोय राजवंशी र राई खतिवडा प्यानलका हुन् । २१५ सदस्यीय कमिटीका लागि हिजो राती मतदान भएको थियो । आज बिहान ५ बजे सम्पन्न मतदान आजै साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो । ९९७ जना मतदाता रहेकोमा ९७७ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण