जसपाको नेवाः संघ पुनर्गठन, अध्यक्षमा बज्राचार्य
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेवाः संघ केन्द्रीय समिति पुनर्गठन भएको छ । सोमबार काठमाडौँ खुसिबुस्थित नेपा ब्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट ज्ञानेन्द्र रत्न बज्राचार्यको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
समितिको उपाध्यक्षमा खगेन्द्र बहादुर जोशी, लक्ष्मी देवी श्रेष्ठ, बेखामान अवाले, राजेशप्रसाद श्रेष्ठ र प्रभात सागर सिंह प्रधान, मुख्य सचिवमा नजर राम महर्जन, सह महासचिव सुरज महर्जन, सचिव आशा रत्न डंगोल, प्रफुल्ला श्रेष्ठ, ओमराज श्रेष्ठ, कोषाध्यक्ष अञ्जु मल्ल र सह कोषाध्यक्ष सुष्मा सिख्राकार रहेका छन् ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब २ दर्जन नेता कार्यकर्ता जसपा प्रवेश गरेका छन् । पार्टीका कार्यवाहक अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले खादा ओढाएर नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । पार्टीको काठमाडौँ जिल्ला अध्यक्ष अजित पुतुवारले कार्यक्रमको सभापतित्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण