इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा असोज २२ गतेदेखि हुने
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले असोज २२ गतेदेखि प्रवेश परीक्षा गर्ने भएको छ । शुल्क विवादका कारण लामो समयदेखि रोकिएको स्नातक तहतर्फको प्रवेश परीक्षा अनिश्चित बनेको थियो ।
डीन प्राडा शशीधर राम जोशीले एक सूचना जारी गर्दै शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तह (बीई तथा बि आर्क) को प्रवेश परीक्षा असोज २२ गतेदेखि सञ्चालन गरिने बताए ।
यसका लागि असोज १७ देखि १९ गतेसम्म फाराम भर्ने समय थप गरिएको छ । यसअघि फाराम भरेका विद्यार्थीहरूले पुनः फाराम भर्नु नपर्ने डीनको कार्यालयले जनाएको छ ।
संस्थानले शुल्क बढाउने निर्णय गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । जसले गर्दा भदौका लागि तोकिएको प्रवेश परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो ।
शुल्क विवाद बढ्दै गएपछि विद्यार्थी संगठनहरू र त्रिवि तथा डीन कार्यालयबिच सहमति भएको थियो । तर, उक्त सहमति अनुसार कार्य अगाडि नबढेपछि भर्ना प्रक्रिया नै अन्योल बनेको थियो ।
यो विषयमा असोज १५ गते विद्यार्थी संगठनहरू र डीन कार्यालयबिच अर्को सहमति भएको छ । उक्त सहमति अनुसार पुरानै शुल्कमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाउने भन्नेछ । सोही आधारमा डीनको कार्यालयले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण