पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखले क्याम्पस चलाउने जिम्मा स्ववियुलाई सुम्पिए
काठमाडौँ । पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखहरूले आफ्नो जिम्मेवारी स्ववियुलाई दिने घोषणा गरेका छन् । यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विज्ञप्ति जारी गर्दै गुणस्तरीय रूपमा क्याम्पस चलाएर देखाउने बताएका थिए ।
त्यसपछि विभागीय प्रमुखहरूले आफूहरूले सम्हालेका विभाग स्ववियुलाई चलाउन दिएका हुन् ।
‘यस्तो उच्च आकांक्षा बोकेका स्ववियु सभापतिहरुलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएकाले विभागका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको जानकारी गराउँदछौँ’, विभागीय प्रमुखहरुले क्याम्पस प्रमुखलाई लेखेको पत्रमा उल्लेख छ ।
क्याम्पस प्रमुखलाई जिम्मेवारी हस्तान्तरण गरेको पत्र लेख्दै उनीहरूले स्ववियुले जारी गरेको विज्ञप्तिमा संवेदनहीन शब्द र नियत प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भखरै निर्वाचित स्ववियुले लिने’ भन्ने अभिव्यक्ति प्रति आफूहरूको कृतज्ञता रहेको उनीहरूको भनाई छ । सोही आधारमा स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएको विभागीय प्रमुखहरूले बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण