सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखले क्याम्पस चलाउने जिम्मा स्ववियुलाई सुम्पिए

मङ्गलबार, १६ असोज २०८०, १९ : ३७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ ।  पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखहरूले आफ्नो जिम्मेवारी स्ववियुलाई दिने घोषणा गरेका छन् । यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विज्ञप्ति जारी गर्दै गुणस्तरीय रूपमा क्याम्पस चलाएर देखाउने बताएका थिए । 

त्यसपछि विभागीय प्रमुखहरूले आफूहरूले सम्हालेका विभाग स्ववियुलाई चलाउन दिएका हुन् ।  

‘यस्तो उच्च आकांक्षा बोकेका स्ववियु सभापतिहरुलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएकाले विभागका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको जानकारी गराउँदछौँ’, विभागीय प्रमुखहरुले क्याम्पस प्रमुखलाई लेखेको पत्रमा उल्लेख छ । 

क्याम्पस प्रमुखलाई जिम्मेवारी हस्तान्तरण गरेको पत्र लेख्दै उनीहरूले स्ववियुले जारी गरेको विज्ञप्तिमा संवेदनहीन शब्द र नियत प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।  

‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भखरै निर्वाचित स्ववियुले लिने’ भन्ने अभिव्यक्ति प्रति आफूहरूको कृतज्ञता रहेको उनीहरूको भनाई छ । सोही आधारमा स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएको विभागीय प्रमुखहरूले बताएका हुन् ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप