नेपालमा औषधिसम्बन्धी बृहत् सम्मेलन हुँदै
मङ्गलबार, १६ असोज २०८०, २० : ०१

काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले औषधिसम्बन्धी बृहत् सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी असोज २५ गते ‘फार्मा कन्क्लेभ २०२३’ नामक् सम्मेलन आयोजना गर्न लागिएको एपोनका कार्यालय सचिव गणेश शर्माले बताए ।
नेपाली औषधि उद्योगको विकास गर्न समयानुसार औषधिबारे कस्ता नीति बनाउने, औषधि बजारलाई सुधार कसरी गर्ने र अगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा सम्मेलन केन्द्रित रहने सचिव शर्माले जनाए ।
यस सम्मेलनमा नेपाल, भारत, बंगलादेशलगायतका देशका विज्ञहरुको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
-
बुद्ध किन पूर्णिमाको दिन जन्मे ?
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन