बर्सेनि तीन हजार मृत्युमध्ये करिब एक हजारको मस्तिष्क मृत्यु हुने
काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालका प्रमुखहरूबीच अंगदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रमुख डा.पुकार श्रेष्ठले नेपालमा सडक दुर्घटनाका कारण बर्सेनि तीन हजारको हाराहारीमा मृत्यु हुने र त्यसमध्ये करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको बताए । यदि ‘ब्रेन डेथ’ दाताको अंगहरू सही सदुपयोग गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने उनको भनाई छ ।
अन्य अस्पतालका प्रमुखहरूले अंगदान सचेतना अभियान सञ्चालन गर्नुपर्ने र धार्मिक गुरुहरूलाई पनि सहभागी गराउन आवश्यक रहेको बताएका थिए ।
यस्तै, सोही कार्यक्रममा अमेरिकाको कुक कन्ट्री हेल्थ अस्पताल सिकागोका डा चन्द्रप्रकाश चटौतले शल्यक्रियाबाट ‘कसरी शीघ्र स्वास्थ्य लाभ गर्न सकिन्छ ?’ भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए ।
बेलायतको फ्रिम्यान अस्पतालका सघन उपचारविज्ञ डा. इयान नेसभिटले मस्तिष्क मृत्युपश्चात हुने अंगदानका सम्बन्धमा जानकारी दिएका थिए ।
नेपालमा पहिलो पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म मस्तिष्क मृत्यु भएको व्यक्तिबाट १० जनाको मृगौला र ३ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण