श्रीलङ्कालाई जिल्याउँदै अफगानिस्तान एसियाड क्रिकेटको सेमिफाइनलमा
काठमाडौँ । बलियो श्रीलङ्कालाई हराउँदै अफगानिस्तान चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानले बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा श्रीलङ्कामाथि आठ रनको रोमाञ्चक जित हासिल गर्यो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय १६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने १९.१ ओभरमा अलआउट हुनुअघि एक सय आठ रनमात्र बनाउन सक्यो ।
श्रीलङ्कालाई लक्ष्यसम्म पुग्न नदिन अफगानिस्तानका बलर गुलबदिन नाइब र क्वाइस अहमदले तीन—तीन विकेट लिए । करिम जनत, जहिर खान र सराफुद्दिन असरफले पनि एक—एक विकेट हात पारे । श्रीलंकाले पालीको निराशाजनक सुरुआत गरेको थियो ।
टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै तीन प्रभावशाली विकेट गुमाएको श्रीलङ्काका लागि कप्तान सहान अराचचिगेले सर्वाधिक २२ रन बनाएका थिए । त्यसअघि अफगानिस्तानका लागि नुर अली जदरानले अर्धशतक बनाएका थिए ।
उनले ५२ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काएका थिए । सहिदुल्लाहले पनि टोलीको खातामा २३ रन थपेका थिए । मोहम्मद सहजादले २० रन बनाएका थिए । श्रीलङ्काली बलर नुवान थुसराले चार विकेट लिएका थिए । भारत र पाकिस्तान यअसघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण