‘चिट्ठी’ प्रदर्शनका लागि तयार
काठमाडौँ । फिल्म ‘चिट्ठी’ प्रदर्शनका लागि तयार भएको छ । निर्माण युनिटले फिल्मको छिट्टै फष्टलुकसँगै प्रदर्शन मिति समेत जानकारी दिने बताएको छ । सञ्चारकर्मी कमला जोशी निर्माता रहेको फिल्म कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो ।
फिल्मको लेखन तथा निर्देशन माधवराज खरेलले गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएका फिल्ममा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर ‘खवपु’, गोपाल ढकाल ‘छन्दे’, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका , मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।
सरोज कोइराला र राजेन्द्र बजगाईका संगीत रहेको फिल्म जीवन पराजुली र राजन खरेलले छायांकन गरेका हुन् । काठमाडौँ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थल छायाङ्कन गरिएको छ । फिल्म सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्देशक खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण