‘वानर सेना’को गीतमा अर्पण र आरजुको प्रेमकथा
काठमाडौँ । अर्पण गिरी (अरमान जंग)को डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘तिम्रो जुनेली रूप’ बोलको रोमान्टिक थिमको गीतमा मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाई फिचर्ड छन् ।
गीतमा निर्देशक गिरीको शब्द रचना र स्वर छ भने जोन तामाङ र निर्देशक गिरी स्वयंको सङ्गीत छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बाल कलाकार मास्टर अमित पौडेलसहित विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।
गिरी ग्राण्ड फिल्म्सको प्रस्तुति रहेको फिल्ममा निर्देशक गिरी स्वयंको लेखन छ भने विनोद सापकोटाको छायाङ्कन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, नारायण रिजालको नृत्य निर्देशन, बन्दे प्रसादको सम्पादन छ । युवराज गिरीको एकल निर्माण रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् । ‘वानर सेना’को कथा पौराणिक रहेको निर्देशक गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण