आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यासब्याक योजना सार्वजनिक

बुधबार, १७ असोज २०८०, १६ : २०
बुधबार, १७ असोज २०८०

काठमाडौँ । सानिमा बैंकले फोनपे प्रा.लिसँगको सहकार्यमा सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त सम्म लागू हुने बैंकले जनाएको छ । 
यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम रु २००, विजुलीको बिल तिर्दा २ प्रतिशत  वा अधिकतम रु २५ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत  वा अधिकतम रु ५० सम्मको क्यासब्याकको व्यवस्था गरिएको छ ।

मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको जनाइएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप