बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्फ्युको दोस्रो दिन तस्बिरमा यस्तो देखियो नेपालगञ्ज
फोटोफिचर

कर्फ्युको दोस्रो दिन तस्बिरमा यस्तो देखियो नेपालगञ्ज

बुधबार, १७ असोज २०८०

काठमाडौँ । कर्फ्युको दोस्रो दिन नेपालगञ्ज सामान्य बन्दै गएको छ । मंगलबारदेखि अनिश्तिकालिन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था बुधबार भने सामान्य बन्दै गएको हो । 

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु लगाएपछि मानिसहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । 

भरतबाट नेपाल आउने र नेपालबाट भारत जानेहरुलाई भने सुरक्षाकर्मीहरुले स्कटिङ गरेर गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डांगीले जानकारी दिए । एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि नेपालगञ्जमा तनाव भएको थियो । तनाव बढेपछि मंगलबार दिउँसोदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेले कफ्र्यु लगाएको छ । 

तस्बिर:खगेन्द्र दाहाल/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया