तोलामा ४०० ले बढ्यो सुनको मूल्य
बिहीबार, १८ असोज २०८०, ११ : ०८
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजोको तुलनामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य भने लगातार तेस्रो दिन स्थिर कायम छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको जानकारी दिएको छ । हिजो बुधबार र मंगलबार समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण