‘कौसीद’ को ‘नझर्थे र आँशु’ सार्वजनिक
बिहीबार, १८ असोज २०८०, १३ : १४
काठमाडौंँ । कुमार भाष्कर निर्देशित फिल्म ‘कौसीद’ अगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको नयाँ गीत ‘नझर्थे र आँशु’ सार्वजनिक गरिएको हो ।
गीतले सुख र दुःखले मिश्रित दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त छन् । गीतमा स्वर र संगीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ, भने शब्द लक्ष्मण बानियाँले लेखेका छन्
‘कौसीद’ मा ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन् ।
बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस्ले वितरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण